नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राकाे एक्सयूभी शोरुम अब धनगढीमा पनि

Dec 10, 2023 04:15 PM Merolagani



महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै धनगढी, कैलालीमा शोरुम स्थापना गरेको छ । 

आइतबार भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरु –स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’ ) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको हाे ।

कम्पनीले काठमाडौंमा, इटहरी, जनकपुरधाम, चितवनलगायतका ठाउँहरुमा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा धनगढीमा पनि उद्घाटन गरेकाे हो ।

नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी शोरुमको उद्घाटनमा माननीय मन्त्री प्रकाशबहादुर देउवा, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र धनगढी, कैलालीका आधिकारिक डिलर ठाकुर मोर्टसका सञ्चालक हरिशङ्कर ठाकुर लगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरुका उपस्थितीमा भएको थियो।

उद्घाटन कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले भने,“धनगढी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम स्थापना गरिएको हो र यस क्षेत्रमा नयाँ आधिकारिक महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा उपोभोक्तालाई अधिक्त्तम लाभ प्राप्त गर्ने विश्वास लिइएको छ । शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिश डिजाइनको साथ, एक्सयूभी ७०० र एक्सयूभी ३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने वाचा गर्दछ र उत्कृष्ट र गुणस्तरीय बिक्री सेवा, सर्भिस र वास्तविक स्पेयर पार्ट्सहरू प्रदान गर्ने छ ।”

यस क्षेत्रमा नयाँ ट्विन पिक्स शोरुम स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई थप मजबुत बनाउन र विद्यमान तथा नयाँ उद्यमीलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ । यसको आधारभूत सिद्धान्तको रूपमा ग्राहक सन्तुष्टिको वरिपरि केन्द्रित, महिन्द्राको ट्विन पीक शोरूमले वरपरका क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। "यसरी ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाइ पक्कै पनि धनगढी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो," कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।