साना किसान विकास लघुवित्तको लाभांश संशोधन

Dec 14, 2023 10:51 AM Merolagani



साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएको छ । उक्त लभांस राष्ट्र बैंकले स्वीकृत नगरेपछि  संशोधन गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

संशोधन पछि हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र ०.७५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।