सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच सम्झौता पत्रमा हस्ताक्षर

Jan 09, 2024 05:08 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(SADBL) र होटल शारा प्रा. लि बीच बैंकका ग्राहक बैंकका कर्मचारीहरुलाई बिभिन्न किसिमका आवास तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।