"द अनब्रेकेबल स्मार्टफोन" HONOR X9b 5G अब नेपालमा उपलब्ध

Jan 31, 2024 01:16 PM Merolagani



उद्योग-अग्रणी ५-तारे रेटिङ र SGSबाट ड्रप रेजिस्टेन्स सर्टिफिकेसन सहितको बलियो र अल्ट्रा-टफ डिस्प्लेको विशेषता रहेको HONOR X9b5G आजदेखि नेपाली बजारमा प्रवेश गरेको छ। (१२+२५६)जीवि को ठूलो स्टोरेज र ५८०० mAh ब्याट्रीको साथ, द अनब्रेकेबल स्मार्टफोन HONORX9bले आफ्नो बिशेषताहरूमा अपग्रेड गरेको छ।

नेपालका लागि HONORको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा.लिमिटेडले HONOR X9b5G नेपालमा लन्च गरेको छ जसको प्रि-बुकिङ भने २१ जनवरीबाट सुरु गरिएको थियो। २७ जनवरीमा प्रि-बुकिङ सकिएसँगै यो अब नेपालभर उपलब्ध छ।

यदि ग्राहक अझै पनि HONOR X9b किन्ने वा नकिन्ने बारे अन्योलमा हुनुहुन्छ भने, यसको अन्य विशेषताहरू र मूल्य पढ्नुहोस् जसले तपाईंको दुविधा हटाउन मद्दत गर्नेछ।

डिस्प्ले र डिजाइन

HONOR X9b मा HONOR अल्ट्रा-बाउन्स एन्टी-ड्रप प्रविधि समावेश भएको छ जसले स्मार्टफोन क्षेत्र मै पहिलो पटक SGS बाट ५ स्टार रेटिङ्ग पनि पाएको छ। HONOR अल्ट्रा-बाउन्स एन्टि-ड्रप डिस्प्लेले उन्नत कुशनिङ टेक्नोलोजी प्रयोग गर्दछ, जसले झटका अवशोषण क्षमतालाई १.२ गुणासम्म बढाउँछ, उचाइबाट खस्ने बेलामा पनि स्थायित्व सुनिश्चित गर्दछ। एकदमै बलियो डिस्प्ले भएको HONOR X9bलाइ उचाईबाट खसाल्दा तथा धेरै झट्काहरु पर्दा पनि केहि नहुने कम्पनीले बताएको छ ।

HONOR X9bमा उत्कृष्ट विवरणहरूको साथ एक स्लीक र आधुनिक सौन्दर्य डिजाइन देख्न सकिन्छ र साथै सनराइज ओरेन्ज, इमरल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरि तिन रंगमा उपलब्ध छ जहाँ सनराइज ओरेन्ज यसको ब्याकसाइडमा भेगन लेदरको साथ आउँछ।

क्यामेरा

HONOR X9b मा १०८ एम.पी अल्ट्रा-क्लियर क्यामेरा, ५ एम.पी अल्ट्रा-वाइड क्यामेरा, र २ एम.पी म्याक्रो क्यामेरा गरि ट्रिपल क्यामेरा रहेको छ। क्यामेराले 3X जुम र उत्कृष्ट गति क्याप्चर इन्जिनको साथ उच्च अप्टिकल गुणस्तर पनि प्रदान गर्दछ, जसले गर्दा HONOR X9bले आकर्षक विवरणहरू सहित स्पष्ट स्न्यापसटहरू उत्पादन गर्दछ। सेल्फीकोलागि भने 16MP क्यामेरा प्राप्त गर्न सकिन्छ।

ब्याट्री

HONOR X9b टिकाऊ र लामो समयसम्म चल्ने ५८०० mAh ब्याट्रीको साथ आउँछ जसले फोनलाइ एक पटक चार्जमा ३ दिनसम्म पावर गर्न सक्छ। चार्जिंगको लागि यसमा ३५ वाटको चार्जर पनि साथमा दिएको छ जसले फोन चाडै नै चार्ज हुन्छ।

पर्फर्मेन्स

Qualcomm Snapdragon 6 Gen 1 मोबाइल प्लेटफर्मद्वारा सञ्चालित, HONOR X9b ले GPU कार्यसम्पादनमा ३५% वृद्धि र CPU दक्षतामा ४०% बृद्धिको साथ उत्कृष्ट फ्ल्यागशिप क्षमताहरू प्रदान गर्दछ। एन्ड्रोइड १३ मा आधारित नवीनतम MagicOS 7.2 मा संचालित हुने, HONOR X9b ले थप सुविधाजनक अनुभव पनि प्रदान गर्नुको साथै (१२+२५६)जीबि भेरियेण्टमा उपलब्ध हुनेछ।

मूल्य र उपलब्धता

सेलट्रोन नेपालले HONOR X9b (१२+२५६)जी बि भेरियन्टको मूल्य ४३,९९९ रूपैयाँ तोकेको छ। ग्राहकहरूले HONOR X9bलाई अफलाइन र अनलाइन दुवै प्लेटफर्मबाट खरिद गर्न सक्नेछन्। ग्राहकहरूले आफ्नो नजिकैको HONOR-अधिकृत स्टोरहरूबाट किन्न सक्छन् भने अनलाइनको लागि दराज वा हुकुट मध्ये कुनै पनि अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सकिनेछ।




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।