व्यवसायी अरूण चाैधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगियाे

Feb 02, 2024 12:41 PM Merolagani



बाँसबारी छालाजुत्ता कारखानाकाे जग्गा हिनामिना गरेकाे आरोपमा पक्राउ परेका व्यवसायी अरूण चाैधरी र कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । 

बिहीबार बेलुकी चाैधरी र थापालाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा लगिएकाे थियाे । उनीहरू बिहीबारकाे रात साेहि अस्पतालमा रहेका थिए । अस्पतालले उनीहरूलाई रिफर गरेकाले ग्राण्डी अस्पतालमा सारिएको हाे ।

काठमाडौं जिल्ला अदालतले हिजाे उनीहरुलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियाे । जसपश्चात उनीहरुलाई हिरासतमा नराखी सिधै चिरायु अस्पताल लगिएकाे थियो ।

चौधरीलाई रक्तचाप र ८२ वर्षका अजितमानसिंह थापालाई मुटुको समस्या रहेकाे भन्दै अस्पताल भर्ना गरिएको थियाे । 




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।