यस कारण घट्यो युनाइटेड इदी मार्दीको विद्युत बिक्री आम्दानी, नाफा कति?

Feb 07, 2024 12:29 PM Merolagani



युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ९ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.४८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड २० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

कम्पनीले सञ्चालन गरिरहेको आयोजना हालसम्म पनि वैकल्पिक रुपमा सञ्चालन भइरहेको हुँदा वर्षायाममा नेपालमा बढी उर्जा उत्पादन भएको हुँदा नेपाल विद्युत प्राधिकरणले उर्जा खपत गर्ने नसकेको कारण वैकल्पिक रुपमा सञ्चालन भइरहेको आयोजनाहरु बन्द गरिदिएकोले विद्युत बिक्री आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा २०.१९ प्रतिशत घटेर २ करोड २० लाख रुपैयाँमा सीमित भएको छ। विद्युत बिक्री आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.८८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च ५.९० प्रतिशत र कुल गैर सञ्चालन खर्च ४.४८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ५० पैसामा झरेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.५३ गुणा रहेको छ। ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ७२ लाख रुपैयाँ रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।