झ्यामोलोङ्गमा हाइड्रोपावरकाे एलएस क्यापिटलसँग साधारण शेयर निष्काशनकाे सम्झौता

Feb 08, 2024 11:46 AM Merolagani



झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(JHDCL)ले आईपीओ निष्काशन गर्न एलएस क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेकाे छ ।

झ्यामोलोङ्गमा हाइड्रोपावरले कास्कीकाे माछापुच्छ्रे गाउँपालिका ३२ मेगावाट क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गर्दै आइरहेको छ । हाइ्राेपावरले सर्वसाधारणहरुको लागि १०० रूपैयाँमा अकिंत दरको साधारण शेयर ५१ लाख कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) निष्काशन गर्न लागेकाे हाे ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच कम्पनीको करर्पाेरेट कार्यालय कुपन्डोल, लिलितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएकाे हाे ।

जारी पूँजी २ अर्ब ५५ करोड रूपैयाँ रहेको झ्यामोलोङ्गमा हाइड्रोपावरले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।