आम्दानी बढेपनि सिवाईसी नेपाल लघुवित्तको नाफा घट्यो

Feb 08, 2024 01:00 PM Merolagani

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.५५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.५९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ७.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.९७ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ६४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ४० पैसा घटेर १५ रुपैयाँ ८४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६७.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३२ पैसा रहेको छ।

२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३० करोड ४५ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब ८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।