कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

Feb 09, 2024 10:33 AM Merolagani



कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

माघ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

२० वाणिज्य बैंकहरूमध्ये हालसम्म १२ बैंकहरूले लाभांश वितरण गर्ने घाेषणा गरिसकेका छन् भने ७ बैंकहरूले लाभांश वितरण नगर्ने घाेषणा गरेका थिए। अब कृषि विकास बैंकसहित लाभांश वितरण नगर्ने बैंकहरूकाे संख्या ८ पुगेकाे छ। 

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।