सोल्टी होटलको आम्दानी बढ्यो, नाफा कति?

Feb 11, 2024 08:42 AM Merolagani



सोल्टी होटल लिमिटेड (SHL) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटललको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा होटलले १ अर्ब ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ९६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो।

आम्दानी बढेसँगै होटलको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा होटलको खुद नाफा ४.६४ प्रतिशत बढेर २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल खर्च १२.०८ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३.८२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा होटलको वित्तीय खर्च भने ८५.१८ प्रतिशत घटेको छ।

नाफा बढेपनि होटलको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी २ पैसा घटेर ५ रुपैयाँ ९५ पैसामा झरेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८०.३६ गुणा रहेको छ।

८८ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।