बुटवल पावर कम्पनीको नाफा संकुचन

Feb 11, 2024 10:06 AM Merolagani



बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ४ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीसँगै वित्तीय आम्दानी पनि घटेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४१ करोड ३९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी एक करोड ७६ लाख रुपैयाँ घटेकाे हो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी दुई करोड ७० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसा छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २९.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ७३ पैसा रहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।