युनाइटेड अजोड इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

Feb 12, 2024 01:09 PM Merolagani



युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क २३ करोड ९५ लाख रुपैयाँ थियो।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा ४८ प्रतिशत बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ९४.५२ प्रतिशत बढेको छ भने खुद दाबी खर्च १४७.९५ प्रतिशत र कुल खर्च ११४.९२ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ रुपैयाँ ४९ पैसा बढी हो। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.७७ गुणा रहेको छ।

१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा ८६ करोड ३० लाख रुपैयाँ, महाविपत्ती कोषमा ३ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २१ करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ६८ करोड ५१ लाख रुपैयाँ रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।