एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो, नाफा कति?

Feb 12, 2024 01:09 PM Merolagani



एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३१ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क २९ करोड ५७ लाख रुपैयाँ थियो।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा ५३.९६ प्रतिशत बढेर ८ करोड ७५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ७.९४ प्रतिशत बढेको छ भने खुद दाबी खर्च १५.८१ प्रतिशत र कुल खर्च २.७४ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ रुपैयाँ २१ पैसा बढी हो। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.३३ गुणा रहेको छ।

१ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब २८ करोड ७४ लाख रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ६२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १२ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटीमा १८ करोड रुपैयाँ रहेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।