फागुन १ गते सार्वजनिक बिदा छैनः गृह मन्त्रालय

Feb 12, 2024 02:38 PM Merolagani



गृह मन्त्रालयले फागुन १ गते,भाेलि सार्वजनिक बिदा नरहेको स्पष्ट पारेकाे छ । साेमबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले मंगलबार सार्वजनिक विदा नरहेकाे जानकारी दिएकाे हाे ।

यसअघि जनयुद्ध दिवसमा सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको मन्त्रालयका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

उक्त विज्ञप्तीमा उल्लेख गरिएकाे छ,‘‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ।’

सरकारी क्यालेन्डरमा जनयुद्ध दिवसको बिदा उल्लेख गरेपनि सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन अन्तरिम आदेश दिएको थियो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।