निर्वाचन नतिजाको अन्योलताकाबीच पाकिस्तानकाे शेयर बजारमा भारी गिरावट

Feb 12, 2024 06:02 PM Merolagani

निर्वाचन नतिजाको अन्योलताकाबीच पाकिस्तान शेयर बजारमा लगातार गिरावट देखिएकाे छ ।साताको पहिलो कारोबार दिन, सोमबार पनि पाकिस्तान स्टक एक्सचेन्ज (पीएसएक्स)मा भारी गिरावट आएको छ ।

साेमबार कारोबारको शुरुवातमा शेयर बजार १,३३८ अंकले घटेपछि १०० परिसूचक ६१,६०५ विन्दुको स्तरमा कारोबार भएकाे थियाे ।

आम निर्वाचनपछि खुलेकाे बजारमा पाकिस्तान शेयर बजारको बेन्चमार्क केएसई १०० सूचकांक आज २,२०० बिन्दु भन्दा बढिले घटेकाे छ ।  दिउँसो ३ः०८ बजे केएसई १०० परिसूचक २,२१४ अंकले घटेर ६०,७२९ विन्दुमा पुगेको छ ।

यसअघि निर्वाचनकाे अर्काे दिन १०० परिसूचकमा २,३०० अंकको भारी गिरावट देखिए पनि सुधारपछि १,२०० अंकले घटेर बन्द भएको थियो ।अर्कोतर्फ, गत साता अन्तरबैंकमा पनि डलरको भाउ बढेको छ।

साताको पहिलो कारोबार दिन, केन्द्रिय बैंकमा अमेरिकी डलरको भाउ २२ पैसाले बढेर २७९.५० पाकिस्तानी रूपैयाँ बराबर छ । गत साताको अन्तिम कारोबार दिन, केन्द्रिय बैंकमा डलर २७९.२८ रुपैयाँमा बन्द भएको थियो ।

पाकिस्तानकाे स्टक एक्सचेन्ज बेन्चमार्क केएसई - १०० परिसूचक शुक्रबार १,७०० अंकले झर्याे। पाकिस्तानकाे निर्वाचन आयोगले चुनावी नतिजा घोषणा गर्न कछुवाको गति लिएकाे छ।

जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले समर्थन गरेका उम्मेदवारहरू धेरै ठाउँमा अगाडि रहे। इमरानको पार्टीले यसपटक स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको थियो किनभने चुनावअघि उनको पार्टीको चिन्ह खोसिएको थियो।

यद्धपी पाकिस्तानकाे निर्वाचनमा कुनै पनि दलले १३४ सीट हासिल गर्न सकेको छैन । ८० घण्टा बितिसक्दा पनि निर्वाचन आयोगले औपचारिक रुपमा कुनै नतिजा घोषणा गरेको छैन । जबकि गठबन्धन सरकारका लागि पहल तीब्र भइरहेको छ ।

निर्वाचनपछि सिर्जना भएको अनिश्चितताका कारण लगानीकर्ताले किनबेचमा भन्दा पनि बिक्रीमा केन्द्रित भएकाले केएसई–१०० परिसूचक घटेको हाे ।

टपलाइन सेक्युरिटीजका हम्माद जफरका अनुसार अब कसैलाई के हुने हो भन्ने थाहा छैन । उनले भने, "अर्को सरकार कसले बनाउने हो ? त्यसैले आज किन लगानीकर्ताहरूले यस्तो प्रतिक्रिया दिइरहेका छन् भन्ने बुझ्न सकिन्छ?"

पीएसएक्स वेबसाइटले आम निर्वाचनको नतिजा आउने क्रम जारी रहेकाले कारोबार सुरु भएलगत्तै परिसूचक २,२७८ अंकले घटेको बताएको छ । तर, त्यसपछि बजारमा खरिद फिर्ता भयो । शुक्रबारकाे सुरूवातकाे कारोबारमा, केएसइ - १00, १,७२०.२७ अंक वा २.६८ प्रतिशतले गिरावट हुँदा ६२,४२३ विन्दुमा झरेको थियाे। यसपछिकाे अर्काे दिनकाे शेयर बजारमा ६४,१४३.८७ को स्तरमा बन्द भएको थियो।

पाकिस्तानको राजनीतिक अवस्थाको प्रभाव त्यहाँको बजारमा देखिएको हाे । ९ गते, शुक्रबार निर्वाचनकाे प्रारम्भिक नतिजा आउँदा त्यहाँको शेयर बजार २.६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, २ दिनकाे बिदापछि आज बजार पुनः १,००० अंकले घटेर मात्र बजार खुलेको थियाे ।

पाकिस्तान फोरेक्स एसोसिएसनका प्रमुख जफर प्रचाले निर्वाचनको पूर्व स्थितिमा शेयर बजारले पीएमएल एन सरकारको अपेक्षा गरेको बताए । तर प्रारम्भिक नतिजाले भने जनताको फरक धारणा रहेको देखाएकाे पनि उनले बताए। 

अर्का वरिष्ठ विश्लेषकले लगानीकर्ताहरूले स्थिर सरकारको अपेक्षा गरेको बताएका छन्। बजारको हितका लागि राजनीतिक अनिश्चितताको अन्त्य हुनुपर्ने पनि उनले जाेड दिए । विश्लेषकहरूका अनुसार नतिजा स्पष्ट भएपछि मात्र बजार फेरि उकालो लाग्नेछ । अहिले जे भइरहेको छ त्यो क्षणिक भएकाे पनि उनले बताए ।

एजेन्सी ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।