आर्थिक वर्षको पुस मसान्तसम्मका प्रमुख वित्तीय परिसूचकहरुमा सर्वोत्कृष्ट बैंक बन्न सफल:एनआईसी एशिया बैंक

Feb 16, 2024 03:50 PM Merolagani



एनआईसी एशिया बैंक(NICA)काे आर्थिक वर्षको पुस मसान्तसम्मका प्रमुख वित्तीय परिसूचकहरुकाे उपलब्धी सार्वजनिक गरेकाे छ ।

एक विज्ञप्ती जारी गर्दै बैंकले बैंकको तरलता अनुपात २७.२८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको जानकारी दिएकाे छ । यस्तै, डिजिटल बैंकिङ्ग कारोवार तर्फ नं अफ ट्रान्जेक्सन, ट्रान्जेक्सन भाेल्युम ,कस्टमर बेस, डिजिटल ट्रान्जेक्सन रेसियाे लगायतका परिसूचकहरुमा पनि बैंक सर्वोत्कृष्ट बन्न सफल भएको बैंकले बताएकाे छ ।

यसकासाथै बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्नको लागि सबै सरोकारवालाहरुको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने जनाएकाे छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।