Thu, Sep 24, 2026
नेपाली नागरिकहरुले अब भारतमा सहज रूपमा भारतीय सिमकार्ड लिन पाउने भएका छन । भारतको सञ्चार मन्त्रालय अन्तर्गतको दूरसञ्चार विभागले नेपाल र भुटानका नागरिकहरूका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालीहरूले सिमकार्ड लिन सास्ती भोग्नुपरेको भन्दै यसको अन्त्यका लागि औपचारिक अनुरोध गरेपछि केही हप्तामै भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले यस्तो कदम चालेको बताएका छन् ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।