भारतमा टाटा र एमजीले घटाए गाडीको मुल्य, नेपालमा के होला ?

Feb 20, 2024 01:14 PM Merolagani



भारतीय बजारमा विद्युतीय गाडीमा मुल्य घटाउने प्रतिस्पर्धा चलेको छ ।

विश्वभर इलेक्ट्रीक कारको मूल्य घट्दो क्रममा छ । चीनमा मूल्य घटाउने तिब्र प्रतिस्पर्धा चलिरहेको बेला भारतमा टाटाले आफ्नो विद्युतीय मोडलको घटाएको हो । टाटा मोटर्सका अनुसार टाटाले नेक्सन ईभीको मूल्यमा १ लाख २० हजार भारतीय रुपैयाँसम्म घटाएको जनाएको छ । त्यस्तै अर्को टियागो ईभीमा ७० हजारसम्म मूल्य घटाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लिथियम आयोन ब्याट्रीको मूल्यमा भारी गिरावट आएसँगै कार उत्पादकले मूल्य घटाउन थालेका हुन् ।

टाटाले मुल्य घटाएपछि ईभी कम्पनी एमजीले पनि कोमेटको मूल्य १ लाख रुपैयाँ घटाएको छ । त्यस्तै एमजीले कम्प्याक्ट एसयूभी सेग्मेन्टको ईभी जेडएस मोडलमा २ लाखसम्म मूल्य घटाएको छ ।

नेपालमा भने यी गाडीको मुल्य तत्काल नघट्ने जनाएका छन । नेपालमा टियागो ईभीको मूल्य २१ लाख र नेक्सनको ३८ लाख मूल्य तोकिएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।