भारतमा टाटा र एमजीले घटाए गाडीको मुल्य, नेपालमा के होला ?

Feb 20, 2024 01:14 PM Merolagani



भारतीय बजारमा विद्युतीय गाडीमा मुल्य घटाउने प्रतिस्पर्धा चलेको छ ।

विश्वभर इलेक्ट्रीक कारको मूल्य घट्दो क्रममा छ । चीनमा मूल्य घटाउने तिब्र प्रतिस्पर्धा चलिरहेको बेला भारतमा टाटाले आफ्नो विद्युतीय मोडलको घटाएको हो । टाटा मोटर्सका अनुसार टाटाले नेक्सन ईभीको मूल्यमा १ लाख २० हजार भारतीय रुपैयाँसम्म घटाएको जनाएको छ । त्यस्तै अर्को टियागो ईभीमा ७० हजारसम्म मूल्य घटाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लिथियम आयोन ब्याट्रीको मूल्यमा भारी गिरावट आएसँगै कार उत्पादकले मूल्य घटाउन थालेका हुन् ।

टाटाले मुल्य घटाएपछि ईभी कम्पनी एमजीले पनि कोमेटको मूल्य १ लाख रुपैयाँ घटाएको छ । त्यस्तै एमजीले कम्प्याक्ट एसयूभी सेग्मेन्टको ईभी जेडएस मोडलमा २ लाखसम्म मूल्य घटाएको छ ।

नेपालमा भने यी गाडीको मुल्य तत्काल नघट्ने जनाएका छन । नेपालमा टियागो ईभीको मूल्य २१ लाख र नेक्सनको ३८ लाख मूल्य तोकिएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।