प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Feb 22, 2024 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ६.४६ अंक घटेर २०२६.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९७ अंक बढेर २०२७.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८० अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३४ स्टकको ७ लाख १४ हजार ९४९ रुपैयाँ ९० बराबरको २ हजार ३९५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।