प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Feb 26, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २६.८१ अंक घटेर १९७९.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८७ अंक बढेर १९८०.८९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२८ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १६ स्टकको ४ लाख ८८ हजार १६१ रुपैयाँ २० पैसाबराबरको १ हजार १४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।