प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Feb 27, 2024 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १३.२८ अंक बढेर १९९२.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३८ अंक बढेर १९९२.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा २८६ स्टकको ५ लाख ४५ हजार ४६४ रुपैयाँ २० पैसाबराबरको १ हजार २७५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।