नेप्सेले दियो वृद्धिलाई निरन्तरता

Feb 27, 2024 03:06 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार टेवा क्षेत्रबाट बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ९.३४ अंक बढेर २००१.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर नै रहेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ४० हजार ८६८ पटकको कारोबारमा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको ५२ लाख ३३ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पछिल्ला दिनहरुमा दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बलाजु) र सोमबार करिब ९ प्रतिशत घटेको बिपिडब्लु लघुवित्तको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.०६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।