श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तबीच मर्जर प्रकृया राेकियाे

Feb 29, 2024 10:15 AM Merolagani



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBS) ले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको छ। मानुषीले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेका कारण सो प्रक्रिया अघि बढाएको बताएको छ।

यी दुई लघुवित्तले एक आपसमा मर्ज हुन २०७९ चैत २ गते समझदारी पत्र र २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पठाएको थियो। तर अहिले श्रृजनशील लघुवित्त (SHLB) को वित्तीय अवस्था सन्तोषजनक नभएका कारण मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।