प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Feb 29, 2024 10:51 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ०.८७ अंक घटेर २०००.७७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक बढेर २००१.०२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२८ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा २५ स्टकको ३ लाख ९३ हजार ८२२ रुपैयाँ १० पैसाबराबरको ५०४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।