त्यसबाहेक भ्रमण टोलीमा परिवारको सदस्यकै हैसियतमा ‘नयाँ आयाम मल्टी डिस्प्लिनरी इन्स्टिच्युट’ (नामी) कलेजका प्रमुख कार्यकारी अधिकृत प्रनिल पाण्डे पनि जानेछन् ।
उनलाई देउवा परिवारले ‘परिवारको सदस्यको हैसियत’मा भ्रमण टोलीमा किन समावेश गर्यो ? देउवा निकट पार्टी नेताहरु र परराष्ट्र मन्त्रालयकै अधिकारीहरु पनि आश्चर्यमा परेका छन् । किनकी पाण्डे देउवाको घर, ससुराली र बुहारी शिवानाको माइती पक्ष कतैबाट पनि नातेदार होइनन् । तर पनि उनलाई ‘परिवारको सदस्यको हैसियत’ मै भ्रमण टोलीमा समावेश गरिनुले धेरैलाई आश्चर्यमा पारेको छ ।

जानकारीहरु नामी कलेजमा आवरणमा पाण्डे देखिए पनि वास्तविक लगानीकर्ता देउवा परिवार हो । र, केही समययता देउवा परिवारको ‘बाहिरतिरको’ लगानी व्यवस्थापनको सम्पूर्ण कार्य पाण्डेले गर्दै आएका छन् । अर्थात् पाण्डे देउवाको ‘किचन क्याविनेट’का सबैभन्दा भरपर्दाे सदस्य हुन् ।
त्यसैले यसपटक उनी ‘परिवारको सदस्यकै हैसियत’मा वैंकक लगिन लागेका हुन् । देउवाको स्वास्थ्य परिक्षण र राणाको संयुक्त राष्ट्रसंघको इकानोमिक एन्ड सोसल कमिसन फर एसिया एन्ड प्यासिफिक (इस्क्याप) को वैठकमा भाग लिने कार्यक्रमका बीचमा पाण्डेले केही व्यवसायिक ग्रुपहरुको बीचमा ‘व्यवसायीक डील’ गर्ने देउवा निकट स्रोतले जानकारी दिएको छ ।
परराष्ट्रमन्त्री राणाले (इस्क्याप) आर्थिक तथा सामाजिक आयोगको आगामी ८–१२ वैशाखमा ब्यांककमा हुने ८१ औँ बैठकको अध्यक्षता गर्ने कार्यक्रम छ ।
बैठकमा एसिया तथा प्रशान्त क्षेत्रका समावेशी र दिगो विकासका लागि वर्तमान र भविष्यका जल्दाबल्दा नीतिगत मुद्दाहरूमा विचार विमर्श हुने बताइएको छ ।
अनौठो कुरा के भने परराष्ट्र मन्त्रालयले देउवा, राणासहित उनका छोरा बुहारीको बसाईको बारेमा वैंककस्थित राजदूतावासलाई केही जानकारी दिएको छैन । तर, पाण्डेलाई भने बसोवासको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
कतिपयले देउवा परिवारको यो भ्रमणलाई राजनीतिक रंग दिने प्रयास गरिरहेका छन् । देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदीका दूतहरुसंग गोप्य भेटघाट गर्ने र त्यहाँबाट नेपालको सत्ता परिवर्तन हुने दावी पनि गर्ने गरिएको छ । तर, देउवा निकट स्रोतहरु भने पाण्डेसहितको ‘पारिवारिक भ्रमण’ भएकोले स्वास्थ्य उपचार र देउवाका छोरा बुहारीलाई अन्तराष्ट्रिय पार्टीहरुसंग ‘डील’ गराउने गरि हुन लागेको ‘व्यवसायीक भ्रमण’ मात्रै भएको दावी गर्छन् ।