साइडबेजमा रहेकाे बजारले शक्ति सञ्चय गर्दै

Apr 21, 2025 06:17 PM mero lagani



केही दिनदेखि बजार साइडवेजमा चलिरहेकाे छ । सोमबार नेप्से परिसूचक ७.७५ अंक घटेर २६९८.२८ विन्दुमा झरे पनि  काराेवार रकम भने बढेकाे छ ।

यस दिन ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ  रकम काराेवार भएकाे छ। विभिन्न प्रकारका आन्दाेलन, गभर्नर नियुक्तिमा देखिएका उल्झन लगायतका बिषय लगानीकर्ताहरूकाे मनाेविज्ञान खेलिरहे पनि यति भाेल्युमकाे काराेबार हुनुलाई नराम्राे मान्न नसकिने लगानीकर्ताकाे बिश्लेषण छ ।

तेश्राे त्रैमासकाे वित्तीय विवरणबाट बजार उत्साहित हुन नसकेपनि आउँदाे नीति तथा कार्यक्रम र बजेटकाे विश्लेषण गर्दै बजारले शक्ति सञ्चय गर्ने चरणमा रहेकाे भनेर अनुमान चाँहि गर्न सकिन्छ ।