नेपालीले ढिलाे विवाह गर्न थाले, १५ देखि २४ उमेर समूहका युवाहरूमा बढ्याे बाहिर पढ्न जाने 'ट्रेन्ड'

May 28, 2025 04:17 PM Merolagani



नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन भएको एक तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदनहरूले यस्तो देखाएको हो । पुरुष तथा महिलाले परिपक्व उमेरमा विवाह गर्ने गरेको र यो परिवर्तन बालविवाहको अवस्था, प्रजनन र पहिलो विवाहको उमेरमा विद्यमान रहेको छ ।

नेपालको जनगणना २०७८ को तथ्याङ्कअनुसार वि.सं. २०१८ र २०७८ बीचको समयावधिमा कहिल्यै विवाह नगरेका पुरुष र महिलाहरूको अनुपात क्रमशः १० र १३ प्रतिशत विन्दुले वृद्धि भएको कार्यालयका निर्देशक विनोदशरण आचार्यले बताए । उनले २०१८ को अविवाहित पुरुषको अंश २८ प्रतिशत रहेकोमा २०७८ मा ३८ प्रतिशत पुगेको छ छ भने सो अवधिमा अविवाहित महिलाको अंश १५ प्रतिशतबाट बढेर २८ प्रतिशतमा पुगेको जानकारी गराए ।

यस्तै, पछिल्लो ६० वर्षमा विवाहित पुरुष र महिलाको अनुपात क्रमशः करिव ६ र ५ प्रतिशत विन्दुले घटेको छ । विवाहित पुरुष र महिलाको अनुपातमा देखिएको सो गिरावट सोही अवधिमा देखिएको अविवाहित पुरुष तथा महिलाको अनुपातमा भएको वृद्धिसँग समानुपातिक नदेखिएको निर्देशक आचार्यले बताए । उनले सहरी क्षेत्रको तुलनामा ग्रामीण र अर्धसहरी क्षेत्रमा विवाहित पुरुष तथा महिलाको अनुपात बढेको देखिएको छ । यस्तै, सहरी क्षेत्रमा अविवाहित पुरुष तथा महिलाको अनुपात ग्रामीण र अर्धसहरी क्षेत्र भन्दा बढी देखिएको उनले बताए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले जनसङ्ख्याको बनावट विस्तारै घट्दो गतिमा जान लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले १५ देखि २४ वर्षका युवाहरूको ध्यान विदेशमा बसाइसराइ र पढ्न जाने ट्रेन्ड देखिएको बताए। उनले विदेशबाट युवाहरूको फर्काइ पनि विस्तारै खोज्नुपर्ने अवस्था आएको जिकिर गरे । युवाहरूको जनसङ्ख्या घट्नु तथा काम गर्ने उमेर समूहका युवाहरू घट्नु क्रियाशील उमेर घट्नु रहेको बताउँदै यसले उत्पादन घटाउने बताए । उनले उत्पादन घट्दा देशको अर्थतन्त्रमा फरक पार्ने बताउँदै यसले उमेरको हद विस्तारै ओरालो लाग्ने धारणा राखे । उनले अब पनि केही नगर्ने हो भने पछि परिने जिकिर गरे ।

उनले भने, “विशेष गरी १५–२४ का बच्चाहरूको ध्यान कता गएको छ ? देशतिर छ कि देश बाहिर छ रु यो तथ्याङ्कले केही न केही देखाउँछ । १५–२४ का युवाहरूको जुन इन्टरनेशनल माइग्रेसन छ, बाहिर पढ्न जाने ट्रेन्ड छ, यसले देखाउँछ । हाम्रो युवाहरूको फर्काइ पनि विस्तारै खोज्नुपर्ने अवस्था आएको छ । हाम्रो जनसङ्ख्याको बनोट विस्तारै घट्दो गतिमा जान लागेको छ । युवाहरूको जनसङ्ख्या घट्नु, काम गर्ने उमेर समूहका युवाहरू घट्नु भनेको क्रियाशील उमेर घट्नु हो । त्यसले उत्पादन घटाउँछ । उत्पादन घट्दा देशको अर्थतन्त्रमा फरक पार्छ र हाम्रो उमेरको हद विस्तारै ओरालो लाग्दछ । यसले हामीलाई छिटो विकास गर, गरेनौँ भने पछि पर्छौ भनेर घचघचाइरहेको छ ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार १७ प्रतिशतले आन्तरिक र अन्तर्राष्ट्रिय बसाईंसराइ गरेको देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।