घर जग्गा खरिद बिक्रि गर्दा अब बैंक स्टेटमेन्ट अनिवार्य

Jun 04, 2025 11:41 AM merolagani



सरकारले घरजग्गा खरिद बिक्री गर्दा अब बैंक स्टेटमेन्ट अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले घरजग्गा खरिद बिक्री गर्दा अब बैंक स्टेटमेन्ट अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

खासगरी जग्गा किन्ने र बेच्ने दुवै जनाको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पास हुने व्यवस्था लागू हुने भएको छ ।

१० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। भूमि व्यवस्था मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गरेको निर्देशनअनुसार यस्तो व्यवस्था गरिएको हो ।

विभागले २०८२ जेठ १३ मा जारी गरेको सुचनाअनुसार, एक व्यक्तिले दिनमा तिन करोडभन्दा बढी कारोबार गरेमा राष्ट्रबैंक लाइ जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

त्यसैगरी, १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने रजिष्ट्रेशन दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर विक्रेताको खाताबाट तोकिएको राजस्व खातामा सिधै बैंकिङ प्रणालीमार्फत जम्मा गर्नुपर्ने प्रावधान गरिएको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।