क्लियरिङ्ग र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने कार्य गर्न लगानीकर्ताको सुझाव

Jun 17, 2025 08:48 AM Merolagani



क्लियरिङ्ग र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने कार्य गर्न लगानीकर्ताहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रविन पन्दाकलाई सुझाव दिएका छन्।

असार २ गते, सिडिएस एण्ड क्लियरिङ्गका नवनियुक्त सिईओ पन्दाकलाई भेट्दै शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका शिर्ष पदाधिकारीहरुले एक पत्र मार्फत यस्तो सुझाव दिएका हुन्। पत्रमा नवनियुक्त सिईओलाई बढाई तथा सफल शुभकामना व्यक्त गर्दै सिडिएससीको भावी योजना र कार्यान्वयनमा लगानीकर्ता मैत्री नीतिहरु, प्रविधिको पहुँच विस्तार, शिक्षा तथा सचेतना अभियान तथा ग्राहक सेवा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको सुदृढीकरण जस्ता विषय प्राथमिकतामा पर्ने कुरामा लगानीकर्ता आशावादी रहेको उल्लेख छ।

लगानीकर्ताले विशेष गरी मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दूरदराजका लगानीकर्ताहरुलाई सेवा पुर्याउने, आईपीओमा आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेक्स वा पोर्टल निर्माण गर्ने लगायतका कार्य गर्न जोड दिएका छन्।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।