बीवाइडी र एमजीका दुई इलेक्ट्रिक कार बजारमा, कति पर्छ मूल्य ?

Jul 02, 2025 05:37 PM merolagani



नेपाली बजारमा बीवाइडी र एमजी ब्रान्डका विद्युतीय कारको बिक्री सुरु भएको छ । 

जुलाई महिना देखिनै कम्पनीहरुले ती दुई नयाँ कार बिक्री सुरू गरेका हुन् ।

एमजीले ४० लाख भित्रै रहने गरी विन्डसर ईभीको बुधबारदेखि बिक्री सुरू गरेकाे छ । एमजी मोटर्स इन्डियाले उत्पादन गरेको विन्डसर भारतमा निकै सफल मोडल हो । भारतमा धेरै ठूलो संख्यामा बिक्रीपछि नेपालमा बिक्री सुरू हुन लागेको हो ।

पारामाउन्ट मोटर्सले गत जेठको पहिलो साता नेपाल ल्याएको विन्डसर प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध मोडल हो । आजदेखि बिक्री सुरू हुन लागेको विन्डसरले बजारमा रहेका डोङफेङ नामी ह्याचब्याक र बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

 

साइमेक्स इंकले भने बीवाइडी सिलायन(सेभनको बिक्री सुरू गर्न लागेको हो । कम्पनीले अघिल्लो वर्षको नाडा अटो शोमै नेपाल ल्याएको सिलायन(सेभेनको आधिकारिक बिक्री आगामी शुक्रबारबाट थाल्दैछ । कम्पनीले यसको मूल्य ७५ लाख हाराहारी राख्ने अनुमान गरिएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।