२०२६ को नोभेम्बर २४ मा नेपाल विकासशिल राष्ट्रमा उन्नति हुँदैः कम विकसित देशका नागरिकको बोझिलो पहिचान हट्दै

Jul 30, 2025 03:49 PM Merolagani



सांसदहरुले नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा उन्नति हुनु गौरवको विषय भएको बताएका छन् ।

बुधवार राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गर्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपालीहरु नेपाल गरिब देश हो भन्ने बोझिलो पहिचान बोकेर हिँड्नुपरेको बाध्यतालाई अब हटाउन सकिने बताए । अबको १६ महिनापछि नेपाल अविकसित देश भन्ने पहिचान छोडेर विकसित र विकासशिल राष्ट्रतर्फ अगाडि बढिरहँदा आफैँलाई गर्ववान्वित महशुस हुने नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले बताए ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा विकसित हुनु गौरवको कुरा भएको बताइन् । तर विकासशिल बन्दै गर्दा अति कम विकसित देशको हैसियतमा प्राप्त गर्ने धेरै सहुलियत गुम्नसक्ने खतरा रहेको बताइन् । स्तरोन्नतिले नेपालको पुँजीबजारमा पहुँच बढ्ने, स्वाभीमान बढ्ने भएपनि सहुलियतपूर्ण वित्तीय पहुँचमा कमी आउने बताइन् ।

बैठकमा बोल्दै नेकपा एमाले सांसद इन्दिरादेवी गौतमले स्तरोन्नतिका लागि निर्धारण गरिएका तीन शर्तहरुमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आयको मापदण्ड पूरा हुन नसकेको बताइन् । मानव सम्पत्ति सूचाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचाङ्कका मापदण्ड पूरा गरी नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनु गौरवको विषय भएको बताइन्। यो उपलब्धि नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक, आर्थिक क्षेत्रमा भएको प्रगतिको प्रमाण भएको बताइन्। अब स्वदेशमा रोजगारी सिर्जना, निर्यातमा वृद्धि तथा लगानीमैत्री वातावरण र दिगो विकासमा ध्यान दिन जरुरी रहेको बताइन् ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।