वर्षातमै रित्तियो कुलेखानी, दबाबमा विद्युत प्राधिकरण, हिउँदमा काठमाडाैंमा लोडसेडिङको खतरा

Aug 11, 2025 04:04 PM mero lagani



कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह लगभग सकिएको छ । काठमाडाैं उपत्यकामा विद्युतको मुख्य स्रोतकोरुपमा रहेको कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह लगभग सकिएको छ । वर्षातको समयमै पानीको सतह घटेपछि नेपाल विद्युत प्राधिकरण दबाबमा परेको छ ।

कुलेखानी कुलेखानी कुलेखानी जलाशयमा पानी जम्मा हुने अधिकतम सीमा समुद्र सतहबाट १५३० मिटर हो भने यसको न्यूनतम सीमा १४९० मिटर हो । आइतबार कुलेखानी जलाशयमा पानीको सतह १४९२.७ मिटर कायम भएको छ । जबकी गत वर्ष साउन अन्तिममा कुलेखानीको जलाशय १५१३ मिटर पुगेको थियो ।

कुलेखानी पूरै भरिंदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ । र त्यसक्रममा २२० हेक्टर पूर्णरुपमा डुबानमा पर्छ ।

वर्षायाम सुरु भए पनि कुलेखानी आसपासमा क्षेत्रमा राम्रोसँग पानी नपरेकोले जलासयमा पानी जम्मा नभई रित्तिदैं गएको विद्युत प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन हुने गर्छ ।

स्मरण रहोस ६० मेगावाट क्षमताको कुलेखानी १, ३२ मेगावाटको क्षमताको कुलेखानी २ र कुलेखानी तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।

नेपालको एक मात्र जलाशययुक्त आयोजना (Reservoir Project) भएकोले वर्षातमा पानी जम्मा गरि हिँउदको समयमा पूर्ण क्षमतामा विद्युत उत्पादन गरि काठमाडाैं उपत्यकामा प्रवाह गरिदैं आएको छ । तर, यस पटक वर्षातकाे समयमै आयोजनामा पानी सकिन लागेकोले विद्युत प्राधिकरण दबाबमा परेको छ ।

‘अझै पनि पानी पर्ला आयोजनाको पोखरी भरिएला भन्ने आश छ, तर पानी राम्रोसंग परेन र आयोजनास्थल नभरिए त्यसैले यो वर्षको हिउँदमा काठमाडाैं उपत्यकामै विद्युतको अभाव सृजना हुन सक्छ । त्यसैले प्राधिकरणलाई चिन्ता थपेको छ’ प्राधिकरणका एक अधिकारीले मेरो लगानीसँग भने ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।