जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर बानेश्वरमा एककाे मृत्यु

Sep 08, 2025 01:53 PM merolagani



जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । 

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा घाइते प्रदर्शनकारीको मृत्यु भएको हो । मृतककाे पहिचान खुल्न बाँकी छ ।

सिभिल अस्पतालमा  ७०–८० जना घाइते उपचाररत छन् ।