आजै शेयरधनीलाई २० प्रतिशत लाभांश दिएकाे एभरेष्ट बैंकबाट खालिङले बुझे सवा २ करोड पारिश्रमिक

Oct 30, 2025 05:25 PM Merolagani



एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आव २०८१/८२ मा सवा २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । बैंकको आव २०८१/८२ का वार्षिक प्रतिवेदन अनुसार खालिङले २ करोड २३ लाख ७२ हजार ८ सय २३ रुपैयाँ पारिश्रमिक स्वरुप बुझेका छन् ।

बैकबाट सीईओ खालिङले अघिल्लो वर्ष २ करोड २१ लाख ७२ हजार ८ सय १८ रुपैयाँ बुझेका थिए । बैंकका वार्षिक प्रतिवेदनमा सीइओसहित अन्य उच्च व्यवस्थापनका कर्मचारीलाई बैंकले ७ करोड २३ लाख ५८ हजार रुपैयाँ भुक्तानी दिएको उल्लेख छ । बैंकले उच्च पदाधिकारीलाई अघिल्लो वर्ष भने ७ करोड ३६ लाख ६५ हजार रुपैयाँ भुक्तानी दिएको थियो ।

बैंककाे वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले बाेनस बाहेक नगद लाभांश आजै शेयरधनीकाे बै‌ंक खातामा राखिदिएकाे छ ।

 




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।