सोनापुर मिनरल एण्ड आयलले पनि बुझायो बिजुलीको महशुल बक्यौता

Nov 12, 2025 12:19 PM merolagani



सोनापुर मिनरल एण्ड आयल लिमिटेडले पनि ट्रंक तथा डेडिकेटेड महशुलबापतको बक्यौता बुझाएको छ । 

दाङको घोराहीमा सञ्चालित उक्त उद्योगले मङ्गलबार पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएको हो ।

उद्योगले बक्यौता बुझाएसँगै काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् जोडिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ  बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।