पारिजात बचत तथा ऋण सहकारीकाे बार्षिक साधारण सभा,३ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन

Nov 16, 2025 03:33 PM merolagani



आर्थिक वर्ष २०८१/८२ मा पारिजात बचत तथा ऋण सहकारी संस्थाले ३ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२८ प्रतिशत बढी हो।

शनिवार भक्तपुरमा आयाेजित १७ औ बार्षिक साधारण सभामा सार्वजनिक गरिए अनुसार संस्थाले खुद नाफाकाे रकमलाई सहकारी ऐन अनुसार काेष बाँडफाँड गरी शेयर सदस्यहरूलाई ९.४० प्रतिशत लाभाँश दिन प्रस्ताव गरेकाे छ ।

अघिल्लो आर्थिक वर्ष संस्थाले २ करोड ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थिय‍ो ! त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी ४ करोड ८ लाख रुपैयाँबाट बढेर ७ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ करोड ३९ लाख रुपैयाँ पुगेको छ। ११ करोड ४ लाख ४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाको साधारण जगेडा कोषमा ८ करोड ८० लाख रुपैयाँ सञ्चित छ। संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८२ करोड १६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड ३७ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

साधारण सभामा संस्थाका अध्यक्ष टंकराज काफ्लेले पारिजात सहकारी संस्थाले आगामी दिनमा केही नीतिगत र केही कार्यगत सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए । उनका अनुसार  ऋणीहरूकाे आयश्राेतकाे बिश्लेषण गर्दै ऋण प्रदान गर्ने कामलाई निरन्तरता दिने,जाेखिम घटाउन ऋणीकाे अनुमगन गर्ने, सूचना प्रणाली र सफ्टवेयरलाइ स्वचालित बनाउने,सफ्टवेयरबाटै ऋण खाताकाे जाँच गरिने जस्ता सुधार गरिने जानकारी दिए । उनले आगामी बर्षहरूमा ‘सदस्यकै लागि सदस्यद्वारा’ सञ्चालित सहकारी भन्ने मूल मर्मका साथ अगाडि बढ्ने उद्घाेष गरे ।

२०६५ मा भक्तपुरकाे कटुञ्जेमा स्थापित सहकारीमा करीव ३ हजार साधारण सदस्यहरू रहेका छन् । सदस्यहरूमध्येवाट करीव ८० प्रतिशतले ऋणसेवा उपयाेग गरेका छन् भने ऋण असुली दर पनि   ८६ प्रतिशत रहेकाे छ । संस्थामा एक बर्षभन्दा बढी भाखा नाघेकाे ऋण मात्र ५ प्रतिशत रहेकाे छ ।

जिल्ला सहकारी संघका अध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष ध्रुववहादुर रायमाझीकाे प्रमुख आथित्यमा भएकाे कार्यक्रमा उत्कृष्ट ऋणी,उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ शेयर सदस्य र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छाेराछाेरीलाई सम्मानित गरिएकाे थियाे ।

संस्थाकी प्रवन्धक पारू खनालका अनुसार साधारण सभाकाे अवसरमा ५८ जना सेयर सदस्यले रक्तदान गरेका थिए ।

 

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।