हाल सानिमा बैंकमै नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत आचार्यले माघ १२ गतेदेखि आफ्नो नयाँ कार्यभार सम्हाल्ने छन्। बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेको पदावधि २०८२ माघ ११ गते समाप्त हुने भएकाले रिक्त हुने उक्त पदमा आचार्यलाई चयन गरिएको बैंकले जनाएको छ।
बैंकका कम्पनी सचिव रुद्र प्रसाद बन्जाराद्वारा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाइएको पत्रअनुसार, सञ्चालक समितिको यो निर्णयसँगै आचार्यले आगामी चार वर्षसम्म बैंकको नेतृत्व सम्हाल्नेछन्। लामो समयदेखि सानिमा बैंकमै आबद्ध रहेका आचार्यसँग बैंकिङ क्षेत्रको राम्रो अनुभव रहेको छ।