निर्वाचन नजिकिदै जादाँ एकपछि अर्काे नेता विरामी, रवि लामिछाने ‘डिस्चार्ज’ हुँदै, माधव नेपाल अस्पताल भर्ना

Jan 29, 2026 02:27 PM merolagani



निर्वाचन नजिकिदै जादाँ एकपछि अर्काे नेता विरामी पर्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेकाे छ । तर, यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत लामिछानेकाे स्वास्थ्य अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गर्न लागिएकाे अस्पतालले जनाएको छ । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।

यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

एन्टिबायोटिक्स खाँदा पनि निको नभएपछि लामिछानेलाई अस्पतालको हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको थियो । उनलाई नसाबाट औषधि चलाइएको थियो ।

 

यता नेता माधव नेपाल रुघाखोकीलगायत समस्या देखिएपछि हिजाे बुधबार उनलाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

चिसोका कारण खोकी, कफले गर्दा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।