आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर पुनर्जीवन पाएकाे थिएःओली

Mar 05, 2026 02:45 PM Merolagani



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको बताएका छन् । उनले ६ वर्षअघि दोस्रो पटक गरेको मिर्गौला प्रत्यारोपण स्मरण गरेका हुन्। उनले सुखानीका शहीदहरूकाे स्मरण गरेका छन् ।

‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो। आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

झापा आन्दोलनले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको उनले बताएका छन्। त्यही क्रममा आफूलाई जेल हालिएको उनले स्मरण गरेका छन्।

‘झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ। देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनेका छन्।

फागुन २१ कहिल्यै नबिर्सने दिन भएको पनि बताएका छन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।