३३ औँ प्रधानन्यायाधीशका रूपमा शर्माको नियुक्ति, शपथ र पदबहाली आजै

May 19, 2026 05:24 PM Merolagani



सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । अनुमोदनपछि उनको आजै नियुक्ति, शपथ र पदबहाली हुने भएको छ ।

प्रधानन्यायाधीशमा शर्माको नियुक्ति र शपथका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ । राष्ट्रपति कार्यालयमा साँझ ६:१० बजेका लागि नियुक्ति र शपथको कार्यक्रम तय भएको छ । ३३ औँ प्रधानन्यायाधीशका रूपमा डा. शर्माको नियुक्ति भएकाे हाे ।

संवैधानिक परिषद्ले बहुमत निर्णयका आधारमा भावी प्रधानन्यायाधीशका लागि शर्माको नाम सिफारिस गरेको थियो ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।