
धादिड. र नुवाकोट सिमामा बनाईने भनिएको ७५ मेगावाटको सो बिद्युत आयोजनाको बिद्युत उत्पादन लाईसेन्स प्राप्त नगर्दै आयोजना बनाउने नाममा आब्हान पत्र छापेर कम्पनीले सर्बसाधारणबाट पैसा उठाएको हो । यसरी सेयरमा लगानी गर्न भन्दै आउने सर्बसाधारणलाई त्रिशुली गल्छीको कार्यालय रहेको थापाथलीस्थित ट्रेड टावरको एनआईसी एशिया बैंकको खाता नम्बर ५४४१३८९६७५५२४००१ मा जम्मा गर्न लगाईएको छ । दैनिक रुपमा पाँच करोड भन्दा बढीले जम्मा हुने यो रकम गुरुप्रसाद न्यौपानेलगायतका ब्यक्तिहरुको दस्तखतमा चेकबाट निकाली आफ्ना पारिवारिक कम्पनी र नातागोता मार्फत सेयर बजारमा परिचालन भएको बताईन्छ । यस कार्यका लागि चार वटा सेयर दलाल कम्पनीको उपयोग गरिएको बुझिएको छ ।
त्रिसुली गल्छी आयोजनाले बिद्युत उत्पादन लाईसेन्सका लागि बिद्युत बिकास बिभागमा २६ नम्बरमा निबेदन दर्ता गराई प्रक्रियामा रहेको र तत्काल रकम आबश्यक नपर्ने भए पनि सर्बसाधारणबाट रकम असुल गरी दुरुपयोग गरिदा हजारौ सर्बसाधारणको रकम जोखिममा परेको छ । गुरुप्रसाद न्यौपाने आफ्ना सम्धि बद्रिप्रसाद दाहाल, नातिहरु, ब्यक्तिगत पारिबारिक प्राईभेट कम्पनी र नजिकका नातेदारहरुको नाममा सेयर किनेको बुझिएको छ । एक महिना यता बिशुद्ध पारिबारिक कम्पनी,अपि हाईड्रोमेकानिकल कम्पनी, सिद्धकााली ईन्भेष्टमेन्ट कम्पनी, मकालु डेभलपस, पलान्चोक भगवती कन्ट्क्शन प्रा. लिलगायतलाई सापटी र अल्पकालीन कर्जा लगायतका शीर्षक जनाएर सर्बसाधारणबाट निकाशा भएको करोडौ रकम परिचालन भएको बुझिएको छ ।

मेरोलगानी डटकमका प्रतिनिधि त्रिसुली गल्छीको कार्यालय पुग्दा कम्पनीका कर्मचारीहरु सर्बसाधारणहरुलाई फोनबाट सम्पर्क गरी सेयरमा पैसा हाल्न आउन अनुरोध गरिरहेका थिए । यसै क्रममा कर्मचारी यचु लामाले यो सम्बाददातालाई भनिन्- नब्बे करोड जम्मा भईसकेको छ, तपाइँले पनि यो फर्म भरेर तल बैंकमा गएर पैसा बुझाई हाल्नुस, नत्र सेयर नपाईएला । उनले यही असोज २० गतेसम्म सर्बसाधारणका लागि सेयर खुलेको भन्दै त्यस भन्दा अगाडि नै बिक्री बन्द हुन पनि सक्ने बताईन । कम्पनीका संचालक तथा कर्मचारीहरुले बिभिन्न स्रोतबाट सोझासाझा ब्यक्तिहरुको फोन नम्बर संकलन गरी सेयर बिक्रीको जानकारी दिएर पैसा उठाउने गरेका छन् ।

त्रिसुली गल्छीको बिद्युत उत्पादन लाईसेन्सका लागि बिद्युत बिकास बिभागमा निबेदन दर्ता गरिएको बिबरण । स्रोतः बिद्युत बिकास बिभागको वेभसाईट
खास गरी सेयरको बारेमा बुझ्दै नबुझेका र अरुको लहै लहैमा लागेर सेयर बजारमा प्रबेश गर्न खोज्ने सर्वसाधारणहरु सेयरमा आबेदन गर्ने भन्दै ट्रेड टावर पुग्ने गरेका र एउटा फर्म र बैंकको भौचर भरेर रकम बुझाई फर्किने गरेका छन् । आफुहरुको रकम सिमित ब्यक्तिहरुले दुरुपयोग गरेर सेयर बजारमा परिचालन गरिरहेका छन् भन्ने बारेमा उनीहरुलाई थाहै नभएकाले ग्रामिण भेगबाट आउने मानिसहरु बढी फसेका बताईन्छ ।
यस बारेमा सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सम्पर्क गर्दा त्रिसुली गल्छीका लागि उठाईएको रकम सेयर बजारमा लगानी गरेर दुरुपयोग नगरिएको दावी गरे । उनले भने, छैन, छैन । कति रकम जम्मा भयो त भन्ने बारेमा पनि उनले आफुलाई थाहा नभएको दावी गरे । तर समाचार स्रोत भन्छ एनआईसी एशिया बैंक, थापाथली खातामा रहेको खाता जाँच गरे रकम दुरुपयोग भएको स्पष्ट हुन्छ । एक महिना यता बिशुद्ध पारिबारिक कम्पनी, अपि हाईड्रोमेकानिकल कम्पनी, सिद्धकााली ईन्भेष्टमेन्ट कम्पनी, मकालु डेभलपर्स , न्यौपानेका छोराहरु सतीष र संजीव, बुहारी पुजालगायतका नातेदारहरु, अरुण भ्याली, अपी, रिडीलगायतका कम्पनीका संचालक समिति सदस्यहरु समेतको सेयर किनबेच र स्रोतको खोजी गर्दा तथ्य स्पष्ट हुने बताईन्छ ।
के भन्छ बिद्युत बिकास बिभाग ?
बिद्युत बिकास बिभागका महानिर्देशक समिररत्न शाक्यले त्रिशुली गल्छी आयोजनाले बिद्युत उत्पादन अनुमतिका लागि लाईसेन्स प्राप्त गर्न निबेदन दिएको तर लगानी जुटाउने र अरु प्रक्रियाका बारेमा आफुलाई जानकारी नभएको बताए । उनले कसले कसरी पैसा जम्मा गरिरहेको छ भन्ने बारेमा आफुहरुले अहिले नखोजेको जनाए । उनले संस्थापक सेयरका लागि पैसा जम्मा गरिएको भए त्यसको सदुपयोग वा दुरुपयोगबारे रकम जम्मा गर्ने ब्यक्तिहरु नै जिम्मेबार हुने उल्लेख गरे । तर त्यसरी उठाईएको रकम कानुन बमोजिम सुरक्षित नगरिए कारबाहीको बिषय हुनसक्ने कुरा भने स्पष्ट रुपमा गरे ।
धितोपत्र बोर्डको अब आयो काम
नेपाल धितोपत्र बोर्डले केही समय अगाडि स्रोत नखुलेको रकम सेयर बजारमा परिचालन भएको भन्दै त्यस्तो लगानीबारे खोजी गर्ने जनाएको थियो । स्रोतको खोजीबारे तीब्र बिबाद भएपछि बोर्ड औपचारिक रुपमा पछि हटे पनि भित्रभित्रै अहिले पनि अध्ययन गरिरहेको बताईन्छ । तर हजारौ सर्बसाधारणलाई गुमराहमा पारेर जलबिद्युतमा लगानी गर्ने भन्दै करोडौ जम्मा पारेर दोस्रो बजारमा लगानी भईरहदा धितोपत्र बोर्डले के गरिरहेको छ ? धितापत्र बोर्डले खोजी गरेर तथ्य बाहिर ल्याउने कुरामा बिस्वस्त हुन सकिन्छ ।
मेरोलगानी डटकमले यसअघि न्यौपाने परिवारको चलाएका कम्पनीहरुमा संस्थागत सुशासन, पारदर्शिता र रकमको सदुपयोग सम्बन्धी गंभीर खाले समस्याहरु रहेको भन्दै आम लगानीकर्ताहरुलाई सचेत गराउँदै आएको छ ।
बैंकलाई समेत किन्ने प्रयास ?
त्रिसुली गल्छी आयोजनामा लक्ष्मी बैंकका प्रमुख कर्जा अधिकृत र कर्जा अघिकृत मनिष कुँवुरलाई समेत आर्थिक प्रलोभनमा पारेर फाईनान्सियल क्लोजर गर्ने प्रयास भईरहेको सूचना पनि प्राप्त भएको छ । गुरुप्रसाद न्यौपानेको आर्थिक कारोबारहरु अविस्वसनीय रहेको सार्वजनिक भएपछि बैंकहरुले उनी अध्यक्ष रहेको आयोजनामा लगानी गर्न आनाकानी गरेका छन् । यसो हुँदा लक्ष्मी बैंकका कर्जा अधिकारीहरुलाई आर्थिक प्रलोभन दिएर सहबित्तीयकरण कर्जाको सम्झौता गर्ने प्रबन्ध मिलाउन खोजिएको स्रोतको भनाई छ । फाईनान्सियल क्लोजर भएमा मनिष कुवँरकी श्रीमतिको नाममा त्रिशुली गल्छीमा पाँच लाख कित्ता सेयर उपलब्ध गराउने प्रस्ताव गरिएको स्रोतको भनाई छ ।
अरुण भ्यालीको जलबिद्युत कम्पनीमा पारिवारिक ठेक्का, दुई अर्ब बढीको भ्रष्टाचार
यस बारेमा लक्ष्मी बैंकका कर्जा अधिकारी कुँवरसँग सम्पर्क गरी सोध्दा कुँवरले आफुलाई केही पनि थाहा नभएको र आफुले केही पनि बोल्न नमिल्ने बताउनुभयो । स्मरण रहोस् न्यौपानेको अर्को कम्पनी अरुण कोवेली आयोजनामा नेपाल ईन्भेष्टमेन्ट बैंकको अगुवाईमा कर्जा परिचालन गर्दा लक्ष्मी बैंकका निज कुँवरको समेत संलग्न थियो भने कुँवर बैंक अफ काठमाडौमा रहँदा अरुणभ्यालीमा उनैले सहबित्तीयकरण कर्जा उपलब्ध गराउन सहजीकरण गरेका थिए ।
सम्बिन्धत यी समाचार पनि पढ्नुहोस् ।
गंभीर बदमासी ढाक्न अरुण काबेलीमा अरु जलबिद्युत कम्पनी मर्जरको प्रस्ताव
उच्च जोखिममा पर्दैछन् अरुणभ्याली र अपीका सर्वसाधारण लगानीकर्ता, गुरुप्रसाद न्यौपानेको पारिबारिक कम्पनी भएको पुष्टि
ईज्जत दाउमा राखेर, बदनाम भएर हामी कम्पनीमा बसिरहँदैनौै - जीवनराज शाक्य, संचालक, अरुणभ्याली हाईड्रो
अपी पावरले दुई सय प्रतिशत हकप्रद बिकाउन लगानीकर्तालाई ५ प्रतिशत प्रतिफलको ल्यायो प्रस्ताव