त्रिवेणीलाई गाभेको जनताको एकीकृत कारोबार चैत तेस्रो साता, कहिले खुल्छ सेयर कारोबार ?

Mar 23, 2017 Merolagani

जनता बैंक (JBNL) ले त्रिवेणी विकास बैंक (TBBL) लाई आफुमा गाभोर चैत तेस्रो साताको अन्त्यबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै संस्थालाई एक आपसमा मर्जको अन्तिम स्वीकृति दिइसकेकाले बैंकले चैत तेस्रो साताको अन्त्यसम्ममा एकीकृत कारोबार सुरु गर्ने तयारी थालेको जनाएको हो ।

राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको जनाउँदै जनता बैंकका कम्पनी सचिव विश्व सुवेदीले चैत तेस्रो साताको अन्त्यसम्ममा एकीकृत कारोबार सुरु गरिने बताए । उनका अनुसार धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार एकीकृत कारोबार सुरु भएको दुई साता भित्रमा सेयर कारोबार सुचारु गराउन आवश्यक प्रकृया पनि सुरु भईसकेको छ ।

गत कात्तिक १७ गते सम्झौता गरी एक बराबर एक अनुपातमा मर्जरमा गएको बैंकको मर्जर पछि चुक्ता पूँजी चार अर्ब ९० करोड रुपैंयाको हारहारीमा पुग्नेछ । यस क्रममा फेरी सिद्धार्थ बैंकलाई आफुमा विलय गर्ने सम्झौता गरेको जनताले उसलाई पनि एक बराबर एक कित्ता सेयर दिने भएको छ । यस अघि जनता बैंकले त्रिबेणीलाई गाभेर ६० प्रतिशत हकप्रद जारी गर्दै चुक्ता पूँजी आठ अर्ब पुर्याउने निर्णय गरेको थियो । अब सिद्धार्थलाई मिलाएपछि नै चुक्ता पूँजी आठ अर्ब हाराहारी पुग्ने भएकाले जनताले प्रस्ताव गरेको हकप्रदमा पुनर्बिचार हुनसक्ने बैंकले जनाएको छ ।

अहिले एक अर्ब ४१ करोड रुपैंया चुक्ता पूँजी रहेको सिद्धार्थले ६० प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । सो हकप्रद पछि उसको चुक्ता पूँजी दुई अर्ब २७ करोड पुग्ने छ ।

त्रिवेणीसँगको मर्जरबाट जनताको पूँजी चार अर्ब ९० करोड पुगे पछि सिद्धार्थ मिसिदा चुक्ता पूँजी सात अर्ब २० करोड हारहारीमा पुग्नेछ । चालु आर्थिक वर्षको कमाईबाट प्रतिफल बितरण गरेर वा हकप्रदबाट बैंकले आठ अर्ब रुपैंयाको पूँजी तयार गर्नेछ ।

जनता बैंकको ७ लाख ६७ हजार कित्ता सेयरको लिलामी खुल्यो

जनतामा त्रिबेणी र सिद्धार्थ मिलेपछि बन्नेभयो ५० अर्ब निक्षेप भएको बाणिज्य बैंक

जनता बैंकमा त्रिबेणीसँगै सिद्धार्थ डेभ्लपमेन्ट बैंक पनि मिसिने, बुधबार त्रिपक्षीय सम्झौता

जनतासँग केही उपाय नभएपछि त्रिबेणीलाई गाभेर फेरि ल्याउने भयो ६० प्रतिशत हकप्रद

जनता बैंकमा त्रिबेणी बिकास बैंक गाभिने सम्झौता, स्वाप रेसियो कति ?

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।