कृषि विकास बैंक र सेञ्चुरीको बोनस सुरक्षित गर्ने विहीबार अन्तिम दिन

Mar 30, 2017 merolagani

कृषि विकास बैंक (ADBL) को २० प्रतिशत बोनस तथा सेञ्चुरी कर्मसियल बैंक (CCBL) को १० प्रतिशत बोनस सुरक्षित गर्न सेयर किन्ने विहीबार अन्तिम दिन हो ।

कृषिले १० औं बार्षिक साधारणसभा र सेञ्चुरी कर्मसियल बैंकले छैटौं साधारणसभा गर्न शुक्रबार अर्थात चैत १८ गते दुबैं बैंकले सेयरधनी किताव बन्द गर्ने भएकाले आजसम्म दुबैं बैंकको सेयरधनी बनेका लगानीकर्ताले मात्र कृषिको र सेञ्चुरीको बोनस पाउनेछन् । 

डेढ अर्बको सम्पति ५७ करोडमा बेच्न खोज्दा कृषि बिकास बैंकलाई कानुनी झमेला  

गत बर्षको कमाईबाट कृषि विकास बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस बाँड्न लाग्दा साना वित्तिय संस्थालाई प्राप्ती एक्वायर गरेर आठ अर्ब चुक्ता पूँजी पुर्याउन लागेको सेञ्चुरीले १० प्रतिशत बोनसका अतिरिक्त्त ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको हो ।

कृषि विकास बैंकले बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुर चैत ३१ गते बैंकको दशौं साधारणसभा गर्न लागेको हो । सेञ्चुरीले सेयरधनीलाई १० प्रतिशत बोनस र इनोभेटिभ र अरनिको डेभलपमेन्ट दुबैं बैंकलाई प्राप्ती गरेपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव राखेर चैत ३१ गते नै छैठौं साधारणसभा बोलाएको छ । 

४० प्रतिशत हकप्रद प्रस्ताव गरेर सेञ्चुरीले बोलायो साधारणसभा, बोनस पाउन कहिलेसम्म किन्नुपर्छ सेयर ?

इनोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया अगाडि बढाएको कर्मसियल बैंक सेञ्चुरीले पछिल्लो समय अल्पाईन डेभलपमेन्ट बैंकलाई समेत प्राप्ती गर्ने सम्झौता गरिसकेको छ । 

कृषि विकास बैंकले बोलायो साधारण सभा, प्रमुख कार्यकारी भन्छन्, ‘अब्बल बैंक बनाउँछौं’

सेञ्चुरीले उठाउँदै छ धमाधम साना कम्पनी,अल्पाइनलाई पनि किन्यो

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स एक्वीजीशन गर्ने, पूँजी ५ अर्ब १८ करोड पुग्ने

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।