तपाईले हकप्रद भर्न छुटाउनु भयो कि ? जेठ १० गते निष्काशन बन्द हुने कम्पनीहरुको आवेदन फारम र विबरण हेर्नुहोस्

May 24, 2017 Merolagani

जेठ १० गते दुई वाणिज्य बैंक र एउटा विकास बैंकको हकप्रद निष्काशन बन्द हुँदैछ । नेपाल बैंक (NBL), नेपाल बंगलादेश बैंक(NBB) र सिद्धार्थ डेभलपमेण्ट बैंक (SDBL) को सेयर तपाईसँग छ भने हकप्रद भर्न नछुटाउनु होस् । कति भर्ने अनि कसरी भर्ने यहाँ कागजात उपलब्ध गराइएको छ ।

नेपाल बैंकले हाल कायम चुक्ता पूँजीको २३.७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले चैत २९ गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गरेको थियो । चैत २८ गतेसम्म सेयर किनेका लगानीकर्ताले नेपाल बैंकको हकप्रद सेयर भर्न पाउँछन् ।

नेपाल बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । क्यापिटलको कार्यालय सुन्धारा तथा बैंकका शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।

नेपाल बैंकको कति कित्ता हकप्रद सेयर भर्न सकिन्छ ? यो लिंकमा गएर आफुले भर्न पाउने हकप्रदको विबरण थाहा पाउनु होस् ।

यदि तपाईसँग नेपाल बैंकको हकप्रदको आवेदन फारम छैन भने यो लिंकबाट डाउनलोड गरेर प्रिन्ट गरी हकप्रद आवेदन गर्न सक्नु हुन्छ ।

...[नेपाल बैंकको झण्डै २४ प्रतिशत हकप्रद खुल्यो]...

त्यसै गरि नेपाल बंगलादेश बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले गत चैत १७ गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गरेको थियो । चैत १६ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले बैंकको हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

बंगलादेश बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । जमलस्थित क्यापिटलको कार्यालयका साथै बंगलादेश बैंकका शाखा कार्यालयहरुबाट सेयरधनीले हकप्रदमा आवे्दन गर्न सक्ने छन् ।

बंगलादेश बैंकको कति कित्ता हकप्रद सेयर भर्न सकिन्छ ? यो लिंकमा गएर आफुले भर्न पाउने हकप्रदको विबरण थाहा पाउनु होस् ।

यदि तपाईसँग बैगलादेश बैंकको हकप्रदको आवेदन फारम छैन भने यो लिंकबाट डाउनलोड गरेर प्रिन्ट गरी हकप्रद आवेदन गर्न सक्नु हुन्छ ।

...[नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रद खुल्यो, कति भर्ने]...

उता सिद्धार्थ डेभलपमेण्ट बैंकले पनि हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतले हुने ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले जनता बैंकमा विलय हुने सम्झौता गरेर सेयर कारोबार रोक्का रहेको बैंकको हकप्रद सेयरमा सो अवधिसम्म सेयर किनेका सबै लगानीकर्ताले आवेदन गर्न पाउछन् ।

सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ । नबिल इन्भेष्टको नक्सालस्थित कार्यालय तथा सिद्धार्थ डेभलपमेण्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकको कति कित्ता हकप्रद सेयर भर्न सकिन्छ ? यो लिंकमा गएर आफुले भर्न पाउने हकप्रदको विबरण थाहा पाउनु होस् ।

यदि तपाईसँग सिद्धार्थ डेभलपमेण्ट बैंकको हकप्रदको आवेदन फारम छैन भने यो लिंकबाट डाउनलोड गरेर प्रिन्ट गरी हकप्रद आवेदन गर्न सक्नु हुन्छ ।

...[सिद्धार्थ डेभलपमेन्ट बैंकको कागजी र डिम्याट सेयरको हकप्रद एउटै फारमबाट यसरी भर्नुहोस्]...

...[हेर्नुहोस यी १२ कम्पनीको हकप्रद कहिलेसम्म भर्नुपर्छ ?]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।