हेर्नुहोस यी १२ कम्पनीको हकप्रद कहिलेसम्म भर्नुपर्छ ?

May 20, 2017 merolagani

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन अहिले १२ कम्पनीले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । जसमध्ये चार वाणिज्य बैंक, पाँच विकास बैंक, एक फाइनान्स र एउटा इन्स्योरेन्स रहेका छन् ।

लक्ष्मी बैंकको शतप्रतिशत हकप्रद जेठ ७ गते आईतबारसम्म भरि सक्नुपर्नेछ । बैंकले तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गरेको छ । 

नेपाल बंगालादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक र नेपाल बैंकको हकप्रद भर्ने म्याद जेठ १० गते बुधबारसम्म रहेको छ । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद बिक्री गरेको हो ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि ६० प्रतिशतले हुने ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद बिक्री गरिरहेको छ ।

नेपाल बैंकले २३.७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद जारी गरिरहेको छ ।

उता गरिमा विकास बैंकले जारी गरिरहेको ७० प्रतिशत अर्थात ९० लाख ७६ हजार दुई सय ९६ कित्ता हकप्रदमा जेठ १७ गतेभित्र आवेदन गर्नुपर्ने हुन्छ ।

सानिमा बैंकको ३० प्रतिशतले हुने एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद जेठ २१ गतेदेखि निश्कान बन्द हुँदैछ ।

त्यसै गरि तिनाउ विकास बैंकले खुला गरेको ३५ प्रतिशत बराबरको ११ लाख ९४ हजार सात सय ९६ कित्ता हकप्रदमा आवेदन गर्ने समय जेठ २२ गतेसम्म मात्र रहेको छ ।

सिद्धाथ इन्स्योरेन्स, ज्योति विकास बैंक र फस्र्ट माईक्रोफाइनान्सको हकप्रद भर्ने म्याद जेठ ३१ गतेसम्म रहेको छ ।

सिद्धाथ इन्स्योरेन्सले १९.२३ प्रतिशत बरारबरको ८ लाख ६२ हजार १ सय २५ कित्ता, ज्योति विकास बैंकले शतप्रतिशत अर्थात एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता र फस्र्ट माईक्रोफाईनान्सले ५० प्रतिशतले हुने १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद जारी गरिरहेका छन्  ।

त्यस्तै सहयोगि विकास बैंक र गोर्खाज फाईनान्सको हकप्रद भर्ने समय असार ५ गतेसम्म रहको छ । सहयोगि विकास बैंकले ३१ लाख ४६ हजार एक सय एक कित्ता हकप्रद जारी गरेको हो भने गोर्खाज फाईनान्सले २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद जारी गरिरहेको छ ।

बुक क्लोज भन्दा अघिल्लो दिनसम्म सेयर किनेका लगानीकर्ताले सम्बन्धित कम्पनी र कम्पनीको बिक्री प्रबन्धकहरु मार्फत तोकिएको समयभित्र मात्र हकप्रद भर्न पाउँछन् । समय सकिएपछि हकप्रद भर्ने अवसर नपाउने हुनाले तपाइँसग उल्लेखित कम्पनीको सेयर छ कि छैन पक्का गर्नुहोस ।

हेर्नुहोस् कुन कम्पनीको हकप्रद कहिलेसम्म सेयर किनेका लगानीकर्ताले भर्न पाउँछन् ?

लक्ष्मी बैंकको शतप्रतिशत हकप्रद भर्ने समय दुई दिन बाँकी

नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रद खुल्यो, कति भर्ने ? यसरी हेर्नुहोस् विबरण (आवेदन फारम सहित)

नेपाल बैंकको झण्डै २४ प्रतिशत हकप्रद खुल्यो, कहाँबाट गर्ने आबेदन ?

सानिमा बैंकको ३० प्रतिशत हकप्रदमा आवेदन खुल्यो,चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउने

सिद्धार्थ डेभलपमेन्ट बैंकको कागजी र डिम्याट सेयरको हकप्रद एउटै फारमबाट यसरी भर्नुहोस्

गरिमाको ७० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन,बैशाख १४ गतेदेखि खुल्ने

ज्योति बिकास बैंकको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

तिनाउ विकास बैंकको ३५ प्रतिशत हकप्रदमा आवेदन खुल्यो, जेठ २२ गतेसम्म भर्न पाइने

फस्ट माईक्रोको ५० प्रतिशत हकप्रद खुल्यो, यी स्थानबाट गर्न सकिन्छ आवेदन

सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत हकप्रद कहाँबाट भर्ने ?

सहयोगीको ३५ र गोर्खाजको ५० प्रतिशत हकप्रद कहिलेदेखि हुँदैछ निष्काशन ?

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus