मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रदका लागि कहिलेलाई तोक्यो बुकक्लोज ?

Jul 26, 2017 Merolagani

मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले हकप्रद निष्काशनका लागि केही समय अघि धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । बैंकले हकप्रद निष्काशनको मिति भने तोकेको छैन ।

बैंकले साउन २० गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने भएको हो । बैंकको हकप्रद सुरक्षित गर्न चाहनेले साउन १९ गते बिहीबारसम्म सेयर खरिद गर्नु पर्ने हुन्छ । बैंकले हाल कायम पूँजीको ४० प्रतिशतले हुने ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट ३५ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ । अघिल्ले आर्थिक वर्षमा बैंकले ३४ प्रतिशत बोनस वितरण गरी ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

...[मुक्तिनाथले पूँजी सँगै कमाई बढाउँदा कति पुग्यो प्रतिसेयर आम्दानी ?]...

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।