बडा दशैँ लागेसँगै धमाधम कारोबार शुरु गर्दै नयाँ जीवन बीमा कम्पनीहरु

Sep 21, 2017 merolagani

बीमा समितिबाट कारोबार सञ्चालनका लागि अन्तिम सहमती लिएका नयाँ जीवन बीमा कम्पनीहरुले धमाधम कारोबार शुरु गर्न थालेका छन् । यसै साताबाट सन लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्योरेन्स कम्पनी संचालनमा आउने भएका छन् । अर्को साताबाट स्टार लाइफ इन्स्योरेन्सले कारोबार थाल्ने भएको छ ।

युनियन लाईफ इन्स्योरेन्सले बीमा समितिबाट यसै साता कारोबारको लागि अन्तिम स्वीकृती लिएको थियो । कम्पनीले यही शुक्रबारदेखि आफनै कर्पोरेट कार्यलयबाट कारोबारको शुभारम्भ गर्न लागेको हो ।

दुई अर्ब चुक्ता पूँजी रहेको उक्त कम्पनीको अध्यक्ष शुलभ अग्रवाल हुन् भने मनोज कुमार लाल कर्ण प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

त्यस्तै, सनलाईफ इन्स्योरेन्स कम्पनीले गत शुक्रबार समितिबाट कारोबार सञ्चालनको लागि अन्तिम स्वीकृति लिएको हो । दुई अर्ब चुक्ता पूँजी रहेको उक्त कम्पनीको अध्यक्ष अनुज कायल हुन् भने महाप्रबन्धकमा कमलराज गौतम नियुक्त भएका छन् ।

यही शुक्रबार कम्पनीको कर्पोरेट कार्यलय कमलादीमा एक कार्यक्रमको आयोजना गरी औपचारिक शुभारम्भ हुने भएको छ ।

त्यस्तै, स्टार लाईफ इन्स्योरेन्स कम्पनीले आगामी आइतबार असोज ८ गते औपचारिक रुपमा कारोबार शुरु गर्ने तयारी गरेको छ ।

बीमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालनको स्वीकृत पाएका १० कम्पनीमध्ये ९ कम्पनीले पूँजी कायम गरि सकेका छन् । जसमध्ये आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले गत भदौ १ गते देखि नै कारोबार शुरु गरि सकेको छ ।

पूँजी कायम गरेकामध्ये ज्योति लाईफ, रिलायवल लाईफ, सन लाईफ र युनियन लाईफ इन्स्योरेन्स कम्पनीले कारोबारको अन्तिम स्वीकृति समेत लिई सकेका छन् ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।