स्वरोजगार लघुवित्तले १६.६६ प्रतिशत बोनस बाँडेर शतप्रतिशत हकप्रद बेच्ने,हकप्रदमा नलोभिनुस्

Sep 24, 2017 merolagani

स्वोरोजगार लघुवित्त (SLBBL) ले प्रस्ताव गरेको १६.६६ प्रतिशत बोनस पारित गराउन कात्तिक ११ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । साथै लघुवित्तले सोही साधरणसभाबाट शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत पारित गराउँदैछ ।

लघुवित्तले १६.६६ प्रतिशत बोनस सेयर वितरणपछि मात्र शतप्रति हकप्रद बिक्री गर्नेछ ।

गत असार-साउनमा ५० प्रतिशत हकप्रद बिक्री गरेको लघुवित्तले आफ्ना लगानीकर्तालाई फेरि शतप्रतिशत हकप्रदको भारी बोकाउन लागेको हो ।

हकप्रदको निहुँमा उचालिएर सेयरमा लगानीगर्नु फाइदाजनक नहुनसक्छ । विगतमा हकप्रदमा नाममा सेयरमूल्य उचालिएका बेला सेयर खरिद गर्ने लगानीकर्ताहरु अझै घाटामा रहेका थुप्रै उदाहरणहरु रहेका छन् ।

कम्पनीले असोज २३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यो बुक क्लोज बोनसका लागि मात्र हो ।

हाल लघुवित्तको १० करोड ४९ चुक्ता पूँजी रहेको छ । १६.६६ प्रतिशत बोनस र शतप्रतिशत हकप्रदको बिक्रीपछि कम्पनीको पूँजी झण्डै २४ करोड पुग्नेछ ।

कम्पनीले गतबर्ष दुई करोड ८६ लाख ४१ हजार रुपैंया खुद नाफा कमाएको थियो। कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ९१ पैसा छ । निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १६६ रुपैंया नौ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.९८ गुणाले बढी छ ।

लघुवित्तको जगेडा कोषमा चार करोड ६२ लाख ६६ हजार रुपैंयाँ सञ्चित छ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।