प्रभु इन्स्योरेन्सले बोनसपछि हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर बोलायो साधारण सभा

Oct 16, 2017 merolagani

प्रभु इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट १९.२० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनसपछि ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर साधारण सभा बोलाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको अनुमति पश्चात कम्पनीको आगमाी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

इन्स्योरेन्सले ११ करोड ८ लाख ८४ हजार ५३९ रुपैयाँ बराबरको बोनस बाड्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले बोनसमा लाग्ने कर बापत ५८ लाख ३६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

कम्पनीले लाभांस तथा हकप्रद प्रस्ताव पारित गर्न कात्तिक २१ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारणसभो प्रयोजनका लागि कात्तिक ७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ ।

गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले १७ करोड ३८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको चुक्ता पूँजी ५७ करोड ७५ लाख २४ हजार रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी ६८ करोड ७२ लाख नाघ्नेछ । हकप्रद पछि कम्पनीको पूँजी एक अर्ब नाघ्नेछ ।

वीमा समितिको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीले एक अर्ब चुक्तापूँजी पुर्याउनुपर्नेछ ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।