जनता बैंकले लिलाममा ल्यायो गुरु न्यौपानेबाट जफत गरेको सेयर

Oct 25, 2017 Merolagani



प्रचलित कानुन विपरित गुरु प्रसाद न्यौपानेले किनेको साधारण सेयर जफत गरी जनता बैंकले लिलाममा राखेको छ । राष्ट्र बैंकले न्यौपानेको सेयर जफत गर्न दिएको निर्देशन अनुसार जनता बैंकले न्यौपानेको ८५ हजार एक कित्ता सेयर जफत गरेको थियो । उक्त सेयर बैंकले सर्वसाधारणले खरिद गर्न सक्ने गरी लिलाममा राखेको हो ।

एक सूचना मार्फत जनता बैंकले ८५ हजार एक कित्ता साधारण सेयर कात्तिक १५ देखि २१ गतेसम्म लिलाममा राखेको जनाएको हो । यसका लागि बैंकले काठमाण्डौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

गुरुप्रसाद न्यौपाने जनता बैंकको संचालक रहेका बेला माछापुच्छ्रे बैंकसँग मर्जर सम्झौताको प्रकृया चलेको थियो । सोही समयमा न्यौपानेले स्टक ब्रेकर नम्बर ४८ बाट आफ्नी श्रीमतीका नाममा ठुलो संख्यामा सेयर खरिद गरेका थिए । मर्जरको प्रकृया सार्वजनिक नभई भित्री सूचनाका आधारमा सेयर कारोबार गरेको प्रमाणित भए पछि राष्ट्र बैंकले जनता बैंकलाई न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको थियो । यस क्रममा न्यौपाने अन्य व्यक्तिका नाममा किनेको सेयर भने जफत हुनबाट बचेको थियो ।

ईन्साईडर ट्रेडिङ गरेको सम्बन्धमा मेरोलगानीले यस अघि खबरहरु सम्प्रेषण गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गुरु न्यौपानेको ८५ हजार कित्ता सेयर जनता बैंकले जफत गर्ने, बैंकिङ कसुर प्रमाणित

जनता बैंक संचालक समितिले गुरुप्रसाद न्यौपानेको "अपराध" लुकाउने प्रयास गरेपछि साधारणसभामै बबण्डर

गुरुप्रसाद न्यौपानेले बैंकिङ कसुर गरेको प्रमाणित, जनता बैंकले सेयर जफत गर्ने




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।